शी लिड्स आइकन तेस्रो संस्करण
शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई संचार गर्ने अभियान हो।तेस्रो संस्करण सुरु हुन् गई रहेको छ। अबको तेस्रो संस्करणबाट Wow Magazine (वर्ल्ड अफ वेमन म्याग्जिन) ले आयोजना गर्दै छ।अघिल्लो २ बर्षको अनुभवलाई परिस्कृत गर्दै तेस्रो संस्करण तपशिल प्रकृयामा अगाडी बढ्नेछ।

आवेदन फारम खुल्ला
शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई संचार गर्ने अभियान हो।तेस्रो संस्करण सुरु हुन् गई रहेको छ।
शी लिड्स आइकन
पृतिसत्तात्मक सोचको अदृश्य नेलकडिमा जकडिएर , रूढिवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधिबेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण बिजयी पात्रको कथा भन्दा कम हुदैन। त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला । आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु , दमनहरु , अपहेलनाहरु र अमानवियता समेतलाई सामना गर्दै खास गरी राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न नेपाली महिलाहरुले उठाउनुभएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह निर्माण गर्नुनै यस कार्यक्रमको उदेश्य हो ।
कार्यक्रमको बारे :
कल्प इम्पावर वेमेन नेपालले सुरुवात गरेको यो कार्यक्रमको तेस्रो संस्करण सुरु हुन् गई रहेको छ।अबको तेस्रो संस्करणबाट Wow Magazine (वर्ल्ड अफ वेमन म्याग्जिन) ले आयोजना गर्दै छ।
अघिल्लो २ बर्षको अनुभवलाई परिस्कृत गर्दै तेस्रो संस्करण तपशिल प्रकृयामा अगाडी बढ्नेछ।
प्रकृया :
- आवेदन फारम खुल्ला ( २०८२ साल चैत्र १३ गते देखि जेठ १५ सम्म )
१.१ आवेदकको योग्यता :
- आवेदक स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) हुनुपर्नेछ।
- प्रेरणादायी महिला जनप्रतिनिधि छनोट :
२.१ छनोट प्रकृया :
- आयोजक संस्थाले विगतमा झैँ निर्णायक मण्डल गठन गर्नेछ र उक्त निर्णायक मण्डलले ३० जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गर्नेछ ।
- निर्णायक मण्डलले समावेशिता, महिला जनप्रतिनिधिको सुकर्म र ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको आधारमा छनोट गर्नेछ ।
- प्रदेश स्तरिय १ दिने अभिमुखीकरण कार्यक्रम मार्फत महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्दै क्षमता अभिवृद्धि गरिनेछ ।
२.२ छनोट पश्चात :
- छनोट हुनुभएको प्रेरणादायी महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्नेका निम्ति “अन्तर्वार्ता, भिडियो कथा, प्रिन्ट अनलाइन माध्यम प्रयोग गरिनेछ ।
- २ दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिनेछ ।
- सुकर्मलाई अझ संचार गर्ने उदेश्य हेतु “ महिला जनप्रतिनिधिको उत्सव” आयोजना गरिनेछ ।
- अवार्ड समारोह आयोजना गरि प्रेरणादाई महिलालाई सम्मान र तेस्रो संस्करणको आइकनका रुपमा ७ जनालाई आइकन घोषणा गरिनेछ ।
२.२.१. आइकन छनोट कार्यविधि :
- प्रेरणादायी महिला जनप्रतिनिधिलाई जनमतमा पस्तुत गरिने।
- कार्यसम्पादन, नेतृत्व क्षमता, समुदायमा प्रभाव, र इमान्दारीको मूल्यांकन।
- महिला जनप्रतिनिधि उत्सवमा प्रस्तुत र सरोकारवाल निकायको अभिमत संकलन
- निर्णायक मण्डलसँग अन्तर्वार्ता ।
शी लिड्स आइकन सचिवालय | नक्साल, काठमाडौ,नेपाल | +977-9869800190
