सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalवास्तवमा, मानिस कर्म गर्न बनेको सृष्टिको सबै भन्दा उत्तम साधन हो । त्यसैले मानिसले आफ्ना कर्म र त्यो कर्म गर्दा उसले भोगेका चुनौतिका ठिहिहरु , खेपेका पीर व्यथाहरु र नाघी आएका संघर्षका शैलहरु हुदै सफलताको चुचुरोमा बसेर आफ्नो पहिचानको अमिट छाप चित्र कोर्दछ ।अझ नेपाली महिलाहरुको सन्दर्भमा,नेपाली समाजमा महिला भएर जन्मदा साथ , लैङ्गिकताको आधारमा खडा गरिएका विभेदकारी पर्खालको सामना गर्नु पर्छ । जन्मदै विभेदको सिकार हुदै आधुनिक मानव समाजको मान्यता अनुसार पाउनु पर्ने सामान्य मानवीय अधिकारबाट समेत बन्चित हुनुपर्ने कहालिलाग्दो दुर्दशाको भुमरीमा नेपाली महिलाहरुको जीवनपथको सुरुवात हुन्छ । पृतिसत्तात्मक सोचको अदृश्य नेलकडिमा जकडिएर , रूढिवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधिबेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण बिजयी पात्रको कथा भन्दा कम हुदैन । त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला । आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु , दमनहरु , अपहेलनाहरु र अमानवियता समेतलाई सामना गर्दै खास गरी राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न नेपाली महिलाहरुले उठाउनुभएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह हो र हो – निराशामा आशा जगाउने पर्मिथस् को फिलिङ्गो ।
यसै तथ्यलाई आत्मसाथ गरी महिला हक अधिकारको संरक्षण तथा सशक्तिकरणको अभियानमा अनवरत हामी कल्प इम्पावर वेमेन नेपालले नेपाली महिला जनप्रतिनिधी हरूको कर्मगाथालाई विश्व सामु पुर्याउने जमर्को गरेका छौ । जसका लागि नेपाली महिला जनप्रतिनिधी हरूको सहभागितामा वहाँहरुको जीवन भोगाइ, जनप्रतिनिधी भए पश्चात गर्नु भएका सुकृत्यहरु अनि अहिलेपनि भोगी रहनु भएका समस्या र चुनौतीहरु लाई समावेश गरी प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी गरिने छ । सुचना र प्रविधिको युगानुसार वहाँहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम जनताको बिचार ,भावना र अभिमत लाई समेटेर वहाँहरू लाई थप उर्जा र हौसला प्रदान गरिने छ । जसबाट महिला जनप्रतिनिधी हरूको बिचमा समेत सु कर्मलाई लिएर प्रतिस्पर्धि र समन्वयकारी भावनाको विकास भई समाज विकासका महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखेका छौं। तसर्थ आउनु होस् , आफ्ना कर्मगाथाले विश्व भरका महिलाहरुमा प्रेरणा र हौसलाको प्रदिप्त ज्योतिलाई प्रज्वलित गरौ । सुखबाढे दोब्बर दुख बाढे आधा हुन्छ , तसर्थ तपाईं नेपाली महिला जनप्रतिनिधी हरूको बिगत , वर्तमान र भविष्यको उर्जाशिल कर्मगाथा विश्वसामु प्रस्तुत गरौ र बताउ ” she lead” उनि सक्छिन् ।
कार्यक्रमको शिर्षक:
शी लिड्स आइकन (SHE LEADS ICON ) २०८१ कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका ७५३ स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट “महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित”क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ७ जना महिला जनप्रतिनिधी को डकुमेन्ट्रीलाई विश्व सामु पुर्याउने कार्यक्रम हो ,शी लिड्स आइकन (SHE LEAD ICON ) २०८१
२) कार्यक्रमको समयावधि:
मिति २०८१/०१/०१देखि मिति२०८०/०८ /२५ सम्म यो कार्यक्रमको समय अवधि रहेको छ ।
३) कार्यक्रमको लक्ष्य
नेपाली महिला जनप्रतिनिधी हरूलाई विश्व सामु चिनाउने ।