सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalशी लिड्स आइकन :
“महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित”क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ७ जना महिला जनप्रतिनिधीलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले सुरु भएको कार्यक्रममा विभिन्न स्थनीय तहका १४० जना महिला जनप्रतिनिधिको सहभागीता रहेको छ। जस्म मध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागी छनोट गरिएको छ ।
१४० मध्येमा १२ वटा आवेदन पूर्ण नभएको कारण १२८ वटा आवेदनलाई पूर्णता दिएको , त्यसमा कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११,लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको थियो ।
राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ , कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गर्नु भएको छ ।
साथै, शी लिड्स आइकनका प्रेरणादायी सु-कर्मलाई विश्व माझ चिनाउँन र स्थानीय तहमा “महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित”क्षेत्रमा अनुभव आदानप्रदान गर्दै राजनीतिको सहि कोर्ष बुझाउनका लागी नेपालका विभिन्न स्थानीय तहबाट १०० जना युवालाई शी लिड्स फेलोको रुपमा छनोट गरिएको छ ।
सहकार्य किन ?
१. महिला सशक्तिकरणमा योगदान: यो कार्यक्रमले महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै, महिला जनप्रतिनिधिहरूको नेतृत्व र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अवसर प्रदान गर्दछ। सहकार्य गरेर, तपाईंले नेपाली महिलाहरूको सामाजिक, आर्थिक, र राजनीतिक उत्थानमा प्रत्यक्ष योगदान दिन सक्नुहुन्छ।
२. सकारात्मक सामाजिक प्रभाव: सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। “शी लिड्स आइकन” जस्ता परियोजनाहरूले महिलाहरूको अधिकार र समानताको पक्षमा ठोस कदम चाल्न प्रेरित गर्छन्। तपाईँको संस्थाले यो अभियानमा सहकार्य गरेर समाजमा दीर्घकालीन प्रभाव पुर्याउने मौका पाउँछ।
३. उदाहरणीय नेतृत्वको पहिचान र प्रोत्साहन: महिला जनप्रतिनिधिहरूको संघर्ष र सफलतालाई सम्मान गर्दै, यो कार्यक्रमले नयाँ पुस्तालाई प्रेरित गर्छ। सहकार्य गरेर, तपाईँ महिलाहरूलाई नेतृत्वमा प्रोत्साहित गर्ने महत्त्वपूर्ण अभियानमा सहभागी हुन सक्नुहुन्छ।
४. ब्रान्ड सुदृढीकरण र पहिचान: यो कार्यक्रमसँग सहकार्य गर्नु भनेको तपाईँको संस्था वा समूहलाई व्यापक पहिचान दिने हो। यसले तपाईँको ब्रान्डको सामाजिक उत्तरदायित्वलाई बलियो बनाउँदै, तपाईँलाई एक जिम्मेवार साझेदारको रूपमा स्थापित गर्न मद्दत गर्छ।
५. नेटवर्क विस्तार र भविष्यका सम्भावनाहरू: सहकार्यले तपाईँलाई नयाँ नेटवर्क र साझेदारीको अवसर दिन्छ। यसले तपाईँको संस्था वा समूहलाई आगामी कार्यक्रमहरूमा सहभागी हुन र थप अवसरहरू सिर्जना गर्न सहयोग पुर्याउँछ।
६. महिला अधिकारको संरक्षण: महिला अधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य गर्नु भनेको समतामूलक समाज निर्माणको लागि महत्वपूर्ण कदम चाल्नु हो। यो कार्यक्रमले महिला अधिकारलाई सशक्त बनाउँदै, उनीहरूको अधिकारलाई सुनिश्चित गर्न मद्दत गर्छ।
७. सामुदायिक प्रगति र समृद्धि: महिला सशक्तिकरणले समाजको प्रगति र समृद्धिमा योगदान पुर्याउँछ। सहकार्य गरेर, तपाईंले समाजमा समावेशी विकासलाई प्रवर्द्धन गर्न र दीर्घकालीन सामाजिक परिवर्तनको लागि योगदान दिन सक्नुहुन्छ।
१०. स्रोत तथा प्रायोजक सहकार्य
१०.१ शिर्षक प्रायोजक (रु. ७,००,०००)
१०.२ मुख्य प्रायोजक (रु. ४,००,०००)
१०.३ पार्टनर प्रायोजक (रु. १,००,०००)
१०.४ बजेट टाइटल सहयोगी (रु. ५०,०००)
१०.५ स्टल प्रायोजक (रु. ४०,०००)
१०.६ सहयोगी प्रायोजक (रु. २०,०००)
१३.७ स्वैच्छिक सहयोग
प्रायोजक वा सहकार्य गर्न चाहनुहुन्छ भने, +977-9869800190