‘शी लिड्स’ :फिचर आर्टिकलका लागी प्रश्न पत्र डाउनलोड गर्नुहोस

श्रावण २०, २०८१

आदरणीय महिला जनप्रतिनिधिज्यू

नमस्कार,

कल्प इम्पावर वेमेन नेपालले प्रकाशन गर्न लागेको “शी लिड्स” पुस्तकका लागी तपाईको राजनीति जीवनको इतिहास, वर्तमान र भविष्यका योजना बारेमा “फिचर आर्टिकल” तयार गरेर प्रकाशन गर्ने तयारी गर्दै छौं ।

हामीले तपाईबाट प्राप्त जानकारीलाई फिचर आर्टिकलको रुपमा तयार गर्ने छौं र तपाईलाई पुन: पठाउने छौ ,हाम्रो लक्ष्य यहि भाद्र महिनाको अन्तिम साता सम्ममा  “शी लिड्स” नामक पुस्तक  प्रकाशन गर्ने रहेको छ।

पुस्तक प्रकाशन काठमाण्डौ महानगरमा शी लिड्स आइकनको सम्मान कार्यक्रममा हुनेछ भने पुस्तक प्रकाशन क्रममा यहाँले गर्नु भएको सहयोग र महिला राजनीतिमा पुर्‍याउनु भएको टेवाको आधारमा तपाई सम्मान समेत गरिने व्यहोरा जानकारी गराउन चाहान्छौ ।कृपया तपसिल बमोजिमको जानकारी उपलब्ध गराई सहयोग गरिदिन हुन् स-विनम्र अनुरोध गर्दछु। (तपशिल बमोजिमको सूचना उपलब्ध गराउन बाध्य गरिएको छैन,कुनै प्रश्नको उत्तर दिन नचाहेमा त्यो तपाईको अधिकारमा निहीत हुनेछ।)

पुजा कोइराला

अध्यक्ष

कल्प इम्पावर वेमेन नेपाल   

+९७७-९७६७६५८५९८

फिचर आर्टिकलका लागी प्रश्न पत्र

Join our team as a Videographer Intern!

Are you passionate about storytelling through the lens of a camera? Do you have a knack for capturing the perfect shot and editing videos that captivate audiences? If so, we want YOU to join our team as a Videographer Intern!

  1. What we’re looking for:

  • Video Production and Shooting Video skills
  • Must have a laptop (that is able to edit videos)
  • Camera Operation and Lighting skills
  •  Familiarity with cameras and equipment
  • Attention to detail and strong visual sense
  • Ability to work independently and meet deadlines
  • Excellent communication and collaboration skills
  • Experience with video editing software

2. What you’ll Gain:

  • Hands-on experience in a fast-paced and creative environment.
  • Mentorship from experienced professionals in the industry.
  • Opportunity to build a strong portfolio of work.
  • Potential for future employment opportunities.

3. Location And Time frame :Two month and kathmandu valley is working area.

3. How to Apply:

Interested candidates, please send your resume and a link to your portfolio to connectkalpa@gmail.com

Join us and be a part of a team that thrives on creativity and innovation. We can’t wait to see what you can bring to the table!

Website : www.sheleadsicon.org

Phone :+977-9869800190 

शी लिड्स आइकनका लागी १४० आवेदन

शी लिड्स आइकन,

महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन
खुलेको हो ।महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने “कल्प इम्पावर वेमेन नेपाल” ले महिला स्वास्थ्य, महिला
उद्यमशीलता , न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने
महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने हेतुले आवेदन खुल्ला गरिएको थियो जस्मा १४० जना महिला जनप्रतिनिधिहरबाट आवेदन आएको छ ।

शी लिड्स आईकन २०८१ आवेदन खुल्ला

महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन
खुलेको हो ।महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने “कल्प इम्पावर वेमेन नेपाल” ले महिला स्वास्थ्य, महिला
उद्यमशीलता , न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने
महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ ।

जसका लागि नेपाली महिला जनप्रतिनिधिहरूको सहभागितामा जीवन भोगाइ, जनप्रतिनिधि भए पश्चात गरेका राम्रा
कामहरु,  अहिलेपनि भोग्नु परेका  समस्या र चुनौतीहरुलाई समावेश गरेर प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा
महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी समेत सुरु गरीसकेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले
बताईन् । सुचना र प्रविधिको युगानुसार उनिहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम
जनताको बिचार ,भावना र अभिमतलाई समेटेरलाई थप उर्जा र हौसला प्रदान गरिने कल्पले जनाएको छ ।
नेपाली महिला जनप्रतिनिधिहरूको प्रेरणादायी जीवनी मार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण
योगदान पुर्याउने, राजनैतिक क्षेत्रबाट टाढा रहेका तथा सुरुवाती अवस्थामा रहेका महिलाहरुलाई हौसला तथा उर्जा
प्रदान गर्ने , राजनैतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरुमा राजनैतिक सोच र क्षमताको अभिवृद्धि गर्न भुमिका निर्वाह
गर्ने , संविधान प्रदत्त महिला अधिकारलाई व्यवहारीक रुपमा महिलाहरुले प्रयोग गर्ने वातावरण मिलाउन दबाव सृजना
गर्ने उदेश्य सि लिड आईकनको रहेको छ ।

यसैगरी राजनैतिक अधिकारको आन्दोलनमा रहेका महिला अधिकारकर्मीहरुलाई सहयोग प्रदान गर्ने , महिला अधिकार र
सशक्तिकरणको लागी आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने ,  नेपाली महिला जनप्रतिनिधिहरूको विगत, वर्तमान र
भविष्यको बारेमा वृत्तचित्र तयार पारेर प्रेरणादायी कृतीको रुपमा संग्रह गरिने उदेश्य रहेको कल्पकी अध्यक्ष पुजा
कोइरालाले बताईन् ।

सी लिड आईकनमा भाग लिन गुगल फर्म मार्फत आवेदन दिन सकिन्छ । फर्म भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

लिङ्क :https://forms.gle/Z6HUtnDVNHsRhXzWA

https://youtu.be/pLh6ZRoGwI8