She Leads Icon

“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।

Information

माया सिलवाल

माया सिलवाल

उपाध्यक्ष

इच्छाकामना गाउँपालिका

Voting Code: 21

माया सिलवाल

माया सिलवाल बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाकोउपाध्यक्ष हुनुहुन्छ। उहाँको जन्म धादिङको रोराङ गाउपालिका बाउनटारमा भयको हो आमा गंगा कँडेल र बुबा दिल्लीप्रसाद कँडेलको सुपुत्रीका रूपमा जन्मेकि हुन उहाँ २०५०साल देखि सकृय राजनीतिकमा प्रबेस गनुभई २०६६ सालमा संगठित सदस्य प्रापत गरेकिहुन नेकपा (एमाले)को सदस्यता प्राप्त गर्दै गाउँ समिति अनेम संघ अध्यक्ष ,गाउँ समिति उप-सचिप हुँदै जिल्ला पाटि सदस्य हुँदै राष्ट्रिय माहाधिबेशन परिषद सदस्य भई राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँ अहिले स्थानीय शासन र विकासमा सक्रिय नेतृको रूपमा परिचित हुनुहुन्छ।

चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना प्राकृतिक सुन्दरता, ऐतिहासिक र धार्मिक सम्पदाले भरिपूर्ण पर्यटन सम्भावनायुक्त क्षेत्र हो। हात्तिबाङ, सिराइचुली, जलबिरे लामो झरना,यतिहाशिक उपरदाङगढी, र मायाटार बालगौरि पाथिभरा मन्दिर, इच्छाकामना माई मन्दिर ,त्रिशूली नदिमा राफ्टिङ, मनकामना जाने गेट यस क्षेत्रका मुख्य आकर्षण हुन्।

जनप्रतिनिधि बनेपछि उहाँले महिला लछित र बालमैत्री नीति र कार्यक्रम, सहभागी योजना निर्माणको असल अभ्यास, डिजिटल सेवा प्रवाह, कृषि र स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग, “एक घर, एक धारा अभियान, विद्यालयमा ICT प्रवर्द्धन, महिला-मैत्री स्वास्थ्य सेवा, निःशुल्क औषधि वितरण, महिला उधमि व्यावसायिक तालिम र सहुलियत ऋणमार्फत युवा उद्यमशीलता प्रवर्द्धनजस्ता महत्वपूर्ण कार्य गर्नुभएको छ। उहाँको नेतृत्वमा शिमान्त कृत चेपाङ आबासको पनि निर्माण भयको छ सुत्केरी महिलाहरू लाई यम्बुलेसको निशुल्क ब्यबस्था गरियको छ इच्छाकामना गाउँपालिका पारदर्शी, प्रविधिमैत्री र विकासमुखी बन्ने दिशामा अघि बढिरहेको छ।