सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalजुनदिन महिलाहरुले आफ्नो श्रमको बास्तविक मूल्य माग्नेछन् त्यसदिन मानव ईतिहासको सबैभन्दा ठूलो चोरी उदाङ्गो हुनेछ ।
रोजा लक्जेम्बर्गको यस भनाइले मानव सभ्यताको इतिहास देखी वर्तमानसम्मको पृतिसत्तात्मक व्यवस्थाको कायाकैरनलाई वास्तविक संश्लेषण गरेको महसुस हुन्छ । श्रमको बास्तविक मूल्य भनेकै अधिकार हो , सबैभन्दा पहिले यो अधिकार “आर्थिक अधिकार ’ को रुप मा देखापर्छ र विस्तारै सामाजिक, सांस्कृतिक हुदै राजनैतिक अधिकारको रुपमा परिभाषित हुन्छ । हो, यहि राजनैतिक अधिकारले बाकि अधिकारहरुको समष्टिगत रुपमा प्रतिनिधित्व गर्छ भन्ने हाम्रो मान्यता छ । अर्थात् जब सम्म, अरु सबै प्रकारका अधिकारहरू स्थापित भएर पनि राजनैतिक अधिकार स्थापित हुदैन तबसम्म ति सबै अधिकारहरु अधिकार नभई भिछ्या हुन ,दान हुन ,कृपा हुन र हुन कसैको अनुग्रह। यहि सोचका साथ महिलाहरु माथि आदिमकालदेखि हुदै आएका सबै प्रकारका दमन र भेदभावको अन्त्य गर्दै, उनिहरुका सबै प्रकारका अधिकारहरू स्थापित गर्दै खासगरी समाज र राष्ट्रको नेतृत्वदायी भुमिकामा महिलाहरुलाई हेर्ने अभिलाषा र प्रयासको पुँजी हो ’ कल्प इम्पावर वेमेन नेपाल ।
यसरी यहि मार्गमा अनवरत यात्रा गरेरको पनि ३ बर्ष विति सकेको छ । यसबिचमा नेपालि सामाजिक राजनैतिक क्षेत्रमा निकै परिवर्तन भई सकेको छ । हाम्रा सुरुवाती प्रयासहरुमा जुन अवस्थामा नेपाली महिलाहरुलको सामाजिक राजनैतिक अधिकार तथा त्यसप्रतिको सोच स्थापित थियो त्यसमा अवश्य पनि निक्कै राम्रो र ठुलो परिवर्तन आएकै छ । तर यात्रा अझै जारी नै छ किनकी हामीले चाहे जस्तो रुपान्तरण र महिलाहरुको बास्तविक जीवनमा वास्तविक परिवर्तन ल्याउन बाकि नै छ। यहि यात्राको क्रममा एउटा उकाली आएको छ ,एउटा थुम्की थपिएको छ जसको नाम हो “राजनितिमा महिला” अन्तर्गतको “शी लिड्स आइकन” ।
–पुजा कोइराला ,अध्यक्ष (कल्प इम्पावर वेमेन नेपाल )