भुपेन्द्रा बुढा स्मृती क्यापिएन सी-क्याप

भुपेन्द्रा बुढा स्मृती क्यापिएन सी-क्याप

मृत्यु त त्यस्तो होस्

मेरो मलामी देखेर दुनियाले डाहा गरुन् ,

सदियौ सम्म रसाई रहुन युगका आखाहरू

सारा आमाहरु कोख रित्तिएको

बाबुहरुले लौरो भाचिएको

सन्ततिहरुले आधार हराएको महसुस गरुन

करले होइन , दुखमा छाक छोडून

पुरै विश्वले

मृत्यु त त्यस्तो हो

यो कार्यक्रमको परियोजनाको प्रस्ताव पत्र स्व. भुपेन्द्र वुढाको स्मृतिमा रहदै लेख्नु परेको विडम्बना छ। उहाँको भौतिक शरीर हाम्रो माझ छैन तर वहाका विचार र वहाले देखाउनु भएको रुपान्तरणको मार्ग सदा सर्वदा हाम्रो सामु छ। माथि उल्लेखित पंति लाई सार्थक बनाउदै हामी बाट बिदा हुनु भएका उहाँको जीवन गाथा प्रेरणाको पुञ्ज हो। पृतिसत्तात्मक सोचको अदृश्य नेलकडिमा जकडिएर, रूढिवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधिबेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण बिजयी पात्रको कथा भन्दा कम हुदैन। त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला।त्यही सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक क्षेत्रमा आफ्नो जीवन समर्पित नाम हो स्वर्गीय भुपेंद्रा बुढा। पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पुर्वकी उपाध्यक्ष स्व. भुपेन्द्रा बुढा कल्प इम्पावर वेमेन नेपाल द्वारा आयोजित नेपाली महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकनको पहिलो संस्करणमा १४० आवेदक मध्ये निर्णायक मण्डलले छनोट गर्नु भएका

२७ प्रेरणादायी महिला जनप्रतिनिधिमा समाबेश हुन् सफल हुनु भएको थियो तर विडम्बना विसं २०८१ साल भाद्र २८ गते, एक सडक दुर्घटनामा उहाँ हामीलाई सधैंको लागि छोडेर जानुभयो । तर, उहाँको अधुरो सपना पूरा गर्ने जिम्मेवारी आज हामी सबैको काँधमा छ। नेपाली राजनीतिको एउटा निश्चल आवाज, स्व. भुपेन्द्रा बुढा, जसको सपना र संघर्षले हजारौं जनताको जीवनमा परिवर्तन ल्याउन खोजेको थियो ।  उहाँको त्यो अटल साहसको मुत्युपरांत सम्मान स्वरुप आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच , संकल्प नै यस कार्यक्रमको जननी हो पृष्टभूमि हो ।

समस्या विश्लेषण                                  

नेपालमा पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) एक गम्भीर स्वास्थ्य समस्या हो, जसले हजारौँ महिलाहरूको जीवन प्रभावित गरेको छ।क्यान्सर सम्बन्धी तथ्यकङ्क लागि सबभन्दा विश्वसनीय मानिने ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण ग्लोबोक्यान २०२० ले नेपालमा उक्त वर्ष क्यान्सरका २०,५०८ नयाँ बिरामी भेटिएको जनाएको छ।तीमध्ये सबभन्दा धेरै फोक्सोको क्यान्सर २,५०५ जनामा अनि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर २,२४४ जनामा भेटिएको जनाइएको छ। यो क्यान्सर नेपालको विभिन्न भागमा विशेषगरी ग्रामीण क्षेत्रका महिलामा बढी देखिन्छ। यसको प्रमुख कारण भनेको मानव पेपिलोमा भाइरस (HPV) संक्रमण हो, जसले यस रोगको जोखिमलाई बढाउँछ। साथै, अपर्याप्त स्वास्थ्य शिक्षा, स्वच्छता अभाव, र नियमित स्वास्थ्य जाँचको कमीले महिलाहरूलाई यो क्यान्सरको शिकार बनाउँछ।नेपालका धेरै स्थानमा क्यान्सरको प्रारम्भिक लक्षणको पहिचान गर्न नसक्ने अवस्था छ। महिलाहरूलाई महिनावारिका असामान्यताहरू, पेल्विक दुखाइ, योनि बाट दुर्गन्धित पानि बग्ने वा अन्य लक्षणहरूको वेवास्ता गर्दा यो रोग तीव्ररुपमा बढ्दै गएको छ। यस्ता अवस्थामा उपचार ढिलो गर्नाले महिलाको जीवन बचाउन मुस्किल बनाउँछ। साथै, आर्थिक कारणले क्यान्सर उपचारको लागि उपयुक्त अस्पताल जान नसक्ने स्थिति पनि आम समस्या हो ।

समाधानको रूपमा, क्यान्सरको रोकथाम र उपचारका लागि विभिन्न उपायहरू अवलम्बन गर्न आवश्यक छ। पहिलो, HPV खोपको उपलब्धता र यसको जनचेतना बढाउनु आवश्यक छ। दोस्रो, महिलाहरूलाई स्वास्थ्य शिक्षा र क्यान्सरका लक्षणहरूको बारेमा जानकारी दिन स्वास्थ्य अभियानहरू चलाउनु पर्नेछ। तेस्रो, नियमित स्क्रीनिङ जस्तै पाप स्मियर टेस्ट (Pap Smear) जस्ता प्रक्रियाहरूलाई अनिवार्य बनाउनु पर्छ, जसले क्यान्सरको प्रारम्भिक पहिचान गर्न मद्दत पुर्याउँछ। चौथो, खास गरि रुकुम पूर्व जस्ता  ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूको पहुँच बढाउने र उपचारका लागि सहुलियतपूर्ण आर्थिक योजना लागू गर्नाले महिलाहरूलाई समयमै उपचार उपलब्ध गराउन सकिन्छ । यसरी, पाठेघरको मुखको क्यान्सरको नियन्त्रण र उपचारका लागि जागरूकता, स्वास्थ्य सेवामा सुधार र उचित आर्थिक सहयोगको आवश्यकता छ।

यसै कार्यको सामाजिक ढंग बाट गर्न सकिने प्रयास अन्तरगत स्व. भुपेन्द्र बुढाको स्मृतिमा यो कार्यक्रमको आयोजना गर्ने परिकल्पना गरिएको छ ।

लक्षित वर्ग र क्षेत्रको सामन्य विश्लेषण

यस कार्यक्रमको लक्षित वर्ग  पुथा उत्तरगङ्गा गाउँपालिका,रुकुम पुर्व, बडीगाड गाउँपालिका,बाग्लुङ, अन्नपूर्ण गाउँपालिका,म्याग्दी, पचालझरना गाउँपालिका,कालिकोट, पटेर्वा सुगौली गाउँपालिका,पर्सा, सिगास गाउँपालिका,बैतडी र गौमुल गाउँपालिका,बाजुरा गरि ७ स्थानीय तह भित्रका किशोरी र महिलाहरु जस अन्तर्गतका, युवा , जेष्ठानागारिक , विभिन्न जाति समुहका , क्षेत्र र वर्गका मानिसहरु हुनेछन ।जसमा कार्यक्रमले करिब १०,००० मानिसहरुलाई प्रत्यक्ष रुपले समेट्ने छ।

कार्यक्रमको समयावधि : २०८१ फागुन ०७ गते  देखि मिति २०८१ चैत्र १२सम्म ।( सरोकारवाला निकायको छलफल तथा अनुकुलमा संशोधन गर्न सकिने । )

कार्यक्रमको स्थान : पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पुर्व, बडीगाड गाउँपालिका, बाग्लुङ, अन्नपूर्ण गाउँपालिका, म्याग्दी, पचालझरना गाउँपालिका, कालिकोट, पटेर्वा सुगौली गाउँपालिका, पर्सा, सिगास गाउँपालिका, बैतडी र गौमुल गाउँपालिका, बाजुराका लक्षित स्थान हुनेछन।

कार्यक्रमिक रुपरेखा:- यस कार्यक्रमको सामन्य रुपरेखा निम्न अनुसार हुनेछ ।

सचेतना तथा सशक्तिकरण कार्यशाला (कार्यक्रमको उद्घाटन) (१ दिन )

स्थानीय प्रमुख, स्वास्थ्य विभागका प्रतिनिधि, कल्प इम्पावर वेमेन नेपाल का पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा स्व. भुपेन्द्र बुढाको सम्मानमा उद्घाटन समारोहको आयोजना गरिनेछ। जसमा स्व. भुपेन्द्र बुढाको जीवनी चर्चा र क्यान्सर रोकथाम र निधानको महत्वका बारेमा सम्बोधन गरिनेछ गठित किशोरी सशक्तिकरण समुहलाई एक दिने कार्यशाला प्रदान गरि छनौट गरि किशोरीहरुको एक किशोरी सशक्तिकरण समुहको गठन गरिने छ ।

स्वास्थ्य जाँच र पाप स्मियर परीक्षण (२ दिन )

महिलाहरूको पाप स्मियर परीक्षण र अन्य स्वास्थ्य जाँचको शुरुआत।स्वास्थ्य विशेषज्ञद्वारा महिलाहरूलाई क्यान्सरका लक्षण र रोकथामका उपायहरूको बारेमा जानकारी दिने, HPV खोपको बारेमा जानकारी दिने ,महिलाहरू र समुदायसँग क्यान्सरबारे संवाद र प्रश्न उत्तर गर्ने ,क्यान्सरविरुद्ध समुदायलाई सशक्त बनाउने विभिन्न प्रचारात्मक कार्य गरिने छ । क्यान्सरको प्रारम्भिक अवस्था भएका महिलाहरूको उपचार प्रकियाको जानकारी दिईनेछ र शिविरका सहभागिहरूसँग प्रतिक्रिया संकलन समेत गरिनेछ ।

स्वास्थ्य परीक्षण र उपचारको परिणामहरूको समीक्षा।

भविष्यमा क्यान्सर रोकथामका लागि योजना बनाउने सन्दर्भमा आयोजक संस्थाबाट तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरिनेछ ।

९. कार्यक्रमको लक्ष्य:     

यस कार्यक्रमको लक्ष्य महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान र उपचारका उपायहरूको जानकारी प्रदान गरेर जीवनरक्षात्मक स्वास्थ्य सुधार गर्नु हो।

१०. कार्यक्रमका उद्देश्यहरु : यस कार्यक्रमका उद्देश्यहरु निम्न अनुसार हुनेछ ।

  • महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको बारेमा व्यापक जागरूकता फैलाएर यस रोगको रोकथाम र समयमै उपचारको महत्त्वलाई जनसमूहमा बुझाउनु।
  • HPV खोप र पाप स्मियर जाँच जस्ता आधुनिक रोकथामका उपायहरूको महत्त्व र फाइदाबारे महिलाहरूलाई विस्तृत जानकारी प्रदान गरेर उनीहरूलाई यस्ता उपायहरू अपनाउन प्रोत्साहित गर्नु।
  • महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरका प्रारम्भिक लक्षणहरू जस्तै असामान्य रक्तस्राव र पेल्विक दुखाइको पहिचान गर्ने तरिका सिकाएर समयमै स्वास्थ्य जाँच गराउन प्रेरित गर्नु।
  • गाउँपालिकाका विभिन्न क्षेत्रमा क्यान्सर उपचारका सुविधाहरूको पहुँचलाई सुधार्दै, महिलाहरूलाई स्थानीय स्तरमा नै उपचार र परामर्श सेवा उपलब्ध गराउने लक्ष्य राख्नु।
  • महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण र जाँचको अवसर प्रदान गरेर क्यान्सरको प्रारम्भिक अवस्था सँगै अन्य रोगहरूको पनि पहिचान गर्न मद्दत गर्नु।
  • क्यान्सरको रोकथाम र स्वास्थ्य  जीवनशैलीको महत्त्व बारे महिलाहरूलाई व्यापक स्वास्थ्य शिक्षा प्रदान गर्दै, उनीहरूको साक्षरता र स्वास्थ्यमान्यतामा सुधार ल्याउनु।
  • क्यान्सरका बिरामी महिलाहरूलाई उपयुक्त उपचार, परामर्श र मानसिक सहारा प्रदान गर्दै, उनीहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि सशक्त उपायहरूको अवलम्बन गर्नु।
  • महिलाहरूको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नका लागि स्वास्थ्य  जीवनशैलीको अभ्यास र मानसिक स्वास्थ्यको महत्त्वबारे गहिरो जानकारी र मार्गदर्शन प्रदान गर्नु।
  • स्थानीय समुदायमा क्यान्सरविरुद्धको जागरूकता र समर्थनको सञ्जाल स्थापना गरेर महिलाहरूलाई सशक्त र आत्मनिर्भर बनाउँदै, यस अभियानलाई सफल बनाउन आवश्यक कदमहरू चाल्नु।
  • स्व. भुपेन्द्र बुढामा सम्मान प्रकट गर्दै वहाले देखाउनु भएको सम्माज रुपान्तरणको अभियानमा समाजका सबै वर्ग खास गरि महिलाहरुको ऐक्यबद्धता हासिल गर्नु ।

आयोजक :

कल्प इम्पावर वेमेन नेपालले राजनीतिमा महिला अन्तर्गत “शी लिड्स आइकन, युवा महिला नेतृत्व शिखर सम्मलेन, राजनीतिमा महिला बिषयमा पुस्तक तथा स्मारिका प्रकाशन र जनप्रतिनिधि संग अन्तक्रिया।महिला स्वास्थ्य अन्तर्गत, क्यापिएन सी-क्याप(Cervical Cancer Awareness  Program), नि:शुल्क स्वास्थ्य शिविर। उद्यमशीलता अन्तर्गत उद्यमी दिदि कार्यक्रम। किशोरी सशक्तिकरण अन्तर्गत उनी सक्छिन (SHE CAN)।कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ

  • कल्प द्वारा प्रकाशन हुने पुस्तकमा  सहयोगी दाताहरुको नामावली प्रकाशन गरिनेछ ।
  • सहयोगी दाताहरुलाई सम्मान गरिनेछ ।
  • सोसियल मिडिया तथा वेव साइट सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरिनेछ।

सहकार्य, प्रायोजन वा अभियानमा जोडिनका निम्ति

सहकार्य

समन्वय
सहयोगी संस्था