सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalभुपेन्द्रा बुढा राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मनुभएको हो। उहाँका बुवा प्रधान पञ्च र जिल्ला सदस्य हुनुहुन्थ्यो भने आमा महिला स्वयंसेविका हुनुहुन्थ्यो। एकात्मक राज्य व्यवस्थाको समयमा धनी र गरिब वर्गबीचको विभेद र आम जनताले खेप्नुपरेको पीडाको सामना गर्दै उहाँले त्यही विभेदपूर्ण र निरंकुश शासन व्यवस्थाको अन्त्य गर्न राजनीतिमा प्रवेश गर्नुभयो।
उहाँको विचारमा न्यायिक कार्यसम्पादनमा हुने राजनीतिक हस्तक्षेप, महिला तथा कम उमेर भएकै कारण जिम्मेवारीबाट पछाडि पारिनु, यी सबै समस्याहरू निरंकुश शासनको अवशेष हुन्। यसकारण उहाँलाई आफ्नो संघर्ष अझै समाप्त नभएको जस्तो लाग्छ। यस्ता सोचहरूकै कारणले गर्दा छिटो र प्रभावकारी रूपमा जनतासमक्ष सेवा पुर्याउन कठिनाइ भइरहेको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव र वडाहरूमा वडा सचिव नभएकोले थप चुनौतीहरू उत्पन्न भएका छन्।
यस्ता समस्याका बाबजुद पनि उहाँले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, किशोरीसँग उपाध्यक्ष कार्यक्रम, राडिपाखी बुनाई तालिम, गलैँचा बुनाई तालिम, सेफ हाउस निर्माण, महिला परामर्श भवन निर्माण, मानसिक रोगको पहिचान, र आमा समूहहरूलाई थप सक्रिय बनाउन क्षमता अभिवृद्धि तालिम तथा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नुभएको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>6 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।