अल्किना बम

अल्किना बम

पद - उपप्रमुख

स्थानीय तह - पचालझरना गाउँपालिका, कालिकोट, कर्णाली


अल्किना बम किसानघरको छोरी भै आफ्नो जीवन बिताउनु भएको हो । जनयुद्धको समयमा अत्यन्त कठिन परिस्थितिमा रहेर पनि उहाँले उत्पीडित वर्ग र महिलाहरूका लागि संघर्ष गर्दै सामाजिक सेवामा आफ्नो भूमिका निभाउँदै आउनु भएको छ । बमले जनयुद्धको क्रममा बझाङ जिल्लाको  सैनिक हिरासतमा १८ महिना बिताएर पुन ४ वर्ष जेल जीवन बिताउनु भयो  l

उहाँको कार्यकालमा मेरी आमालाई निम्तो कार्यक्रम, गर्भवती आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण, आफ्नो सन्तानको स्वास्थ्य सुरक्षा, र माइतीको नासो जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै, कृषि बाख्रा पालनमा महिलाहरूलाई संलग्न गराइ , लघु उद्यम सिलाई कटाई तालिममा मार्फत महिलाहरूलाई सिप प्रदान र ढाका बुनाई, धोती सल चोलो उत्पादन, र सिलाई कटाई मेसिन हस्तान्तरण जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

राजनीतिमा प्रवेश गर्नु अघि, व्यवसायमा संलग्न रहँदै सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आउनु भएकी उहाँ जेल नेल भोगेर पाएको यो नाफाको जिन्दगी जनताको सेवामा निस्वार्थ रुपमा समर्पित गर्नु बाहेक मेरो जीवनको अर्को लक्ष्य केहि छैन भनि सम्पुर्ण जीवन समाज रुपान्तरणमा लगाउने बताउनु हुन्छ ।

उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई  यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ 

उहालाई भोट गर्न :

आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।

अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>23 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।