सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalआशा शिवाकोटीको जन्म सामान्य पारिवारिक पृष्ठभूमिमा रहेको थियो । सामान्य आर्थिक सामाजिक धरातलमा भएर पनि विपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्त र यसको व्यवहारिक कार्यन्वयन गर्न सके यो देश विश्व कै अब्बल देश हुने तथ्यलाई बुझि सकेपछि मौन र निष्कृय वस्न नसकेर उहाँ राजनीतिमा लाग्नुभयो ।जनप्रतिनिधि हुनुअघि प्राध्यापकको रूपमा कार्यरत उहाँ प्राध्यापन पेशाको गहनतालाई उहाँले मर्न नदिई यसवाट आर्जित ज्ञान र चेतनालाई राजनीतिमा प्रयोगमा ल्याउदै वि पि विचारधारा वाट समस्यालाई हेर्ने गरेको बताउनु भयोl
फलस्वरूप समाजमा स्वास्थ्य र कृषि सम्बन्धी विविध कार्यक्रमहरू, नसर्ने रोगहरूको स्क्रिनिङ क्याम्प, मानसिक स्वास्थ्यसम्बन्धी समुदाय स्तरीय कार्यक्रम, क्षयरोग र कुष्ठरोगको स्क्रिनिङ क्याम्पहरू सञ्चालन भएका छन । नगरपालिका आर्थिक सहयोगद्वारा जैविक तरकारी खेती सञ्चालनमा आएको , जसले सहकारीमार्फत महिलाहरूलाई बजारमा विक्रि वितरणको अवसर प्रदान गरेको छ। कक्षा १२ पास गरेका र स्नातक पास गरेका विद्यार्थीहरूलाई कक्षा सञ्चालन गरेर भविष्यलाई सशक्त बनाउदै विद्यार्थीहरूलाई राष्ट्र सेवामा प्रेरित गर्न लोकसेवा र शिक्षा सेवाको लागि निशुल्क कक्षाहरू सञ्चालन भएको छ ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>27 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।