विमला अर्याल

विमला अर्याल

पद - प्रमुख

स्थानीय तह - सुनवल नगरपालिका, नवलपरासी (ब.सु.प), लुम्बिनी


विमला अर्यालले २०७४ सालमा सुनवल नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको थियो, तर उहाँ निकटतम् प्रतिद्वन्द्वीमा सीमित हुनुभयो। तर, हारलाई निराशामा बदल्नुभएन। नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही सामाजिक कार्यमा संलग्न रहनुभयो, जसको फलस्वरूप २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित हुन सफल हुनुभयो।

उहाँले बाल्यकालमै निरकुशताविरुद्ध लड्ने अठोट गर्नुभएको थियो, विशेषगरी बुबाको भूमिगत जीवन र २०३६ सालमा विद्यालयमा “गंगालालको चिता” नाटकको क्रममा भएको प्रहरी हस्तक्षेपले उहाँलाई गहिरो प्रभाव पार्‍यो।

नगर प्रमुखको रूपमा, उहाँले सबैको पहुँचमा शिक्षा पुर्याउन विभिन्न पहलहरू गर्नुभएको छ, जसमध्ये “पढ्नलाई उमेरले छेक्दैन” भन्ने नारासहित निशुल्क महिला विद्यालय, आवाससहितको संस्कार गुरुकुल विद्यालय, निशुल्क मदरसा विद्यालय, साथै महिला सिप तथा उद्यम केन्द्र निर्माण उहाँका प्रमुख उपलब्धिहरू हुन्।

विभिन्न चुनौतीहरूको सामना गर्दै जनताको विश्वास जित्न सफल हुनु भएको छ, र उहाँका लागि महिला हुनु कुनै हिनता होइन, गर्वको विषय हो।

उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई  यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ 

उहालाई भोट गर्न :

आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।

अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>5 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।