विमला कुमारी शाही

विमला कुमारी शाही

पद - उपाध्यक्ष

स्थानीय तह - तुर्माखाँद गाउँपालिका, अछाम, सुदूरपश्चिम


विमला कुमारी शाहीको जन्म ग्रामीण मध्यम वर्गीय परिवारमा भएको हो, जहाँ उहाँले घाँस, दाउरा काट्ने र खेतीपाती गर्ने गाउँले जीवन व्यतीत गर्नुभयो। महिलाहरूको सहभागिता समाजका धेरै क्षेत्रमा सीमित भएको र सामाजिक हेपाइमा परेको अवस्थालाई सुधार गर्न र आम मानिसलाई राज्यमा समान पहुँच दिलाउने उद्देश्यले उहाँ राजनीतिमा आउनुभयो। ग्रामीण समाजका महिलाहरूले सामना गरेका पितृसत्तात्मक सोचका चुनौतीहरूलाई ऊर्जा बनाउँदै, उहाँ आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहनुभएको छ।

उहाँले सार्वजनिक पदमा रहेका व्यक्तिहरूका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न अभियान चलाउनुभयो, जसले प्रशंसा र चुनौती दुवै पायो। साथै, स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण गर्नका लागि स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्नुभएको छ। महिला र बालबालिकासँग सम्बन्धित साझा समस्याहरूको समाधानका लागि, उहाँले महिला सहकारीहरूलाई नगद अनुदान प्रदान गर्दै, गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुभएको छ।

जनप्रतिनिधि बन्नुअघि, उहाँ व्यापार व्यवसायमा संलग्न हुनुहुन्थ्यो र आज पनि उहाँले आफ्नो व्यवसाय निरन्तरता दिनुभएको छ। उहाँको आफ्नो घरको चुलो राजनीतिले होइन, आफ्नो मेहनतले चल्नुपर्छ भन्ने मान्यता रहेको छ।

 

उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई  यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ

उहालाई भोट गर्न :

आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।

अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>1 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।