सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalबिमला सापकोटा (दाहाल)को जन्म साधारण घरमा भएको हो। सामाजिक दृष्टिकोणले हाम्रो परिवारलाई छोरा नभएको भनेर हेर्ने गरिन्थ्यो। बुबा र दिदीहरूले ज्याला गरेर परिवार र हाम्रो पढाइका लागि खर्च जुटाउनु हुन्थ्यो। यो अभाव ,तिरस्कार र विभेदको अनुभवले उहाँलाई राजनीति क्षेत्रमा लाग्न प्रेरित गर्यो। आफ्नो जीवन यात्रा ढुङ्गाको काप फोडेर उम्रिएको पिपल जस्तै लाग्ने उहाँ बताउनु हुन्छ।
जन प्रतिनिधि भए पश्चात न्यायिक सहयोग कोष स्थापना गरि आर्थिक रूपमा कमजोर, एकल महिला, जेष्ठ नागरिक, दलित, सिमान्तकृत बालबालिकालाई न्यायमा सहज पहुँच प्रदान गर्न टेवा पुर्याउदै, गृहणी महिलालाई उद्यमी महिला बनाउन सिपमुलक तालिम दिई उद्यमशीलतामा प्रवर्धन, महिला उद्यमीहरुका लागि हाटबजार सञ्चालन, उच्च शिक्षामा दलित छात्रा छात्रवृत्तिका कार्यक्रम, वडामा आमा समुह गठन गरी सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ।
उहाँ जनप्रतिनिधि हुनु अगाडी अधिवक्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले कानुन, महिला अधिकार, नेतृत्व विकास, सामाजिक सुरक्षा लगायतका विषयमा तालिम र अनुभव प्राप्त गर्नु भएको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>16 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।