सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalधाना धामीको जीवन संघर्षपूर्ण रह्यो। जब उहाँ २ वर्षकी हुनुहुन्थ्यो, आमा घर छोडेर जानुभयो, जसले गर्दा उहाँले मातृ ममता पाउन सक्नुभएन। उहाँको परिवारको आर्थिक अवस्था कमजोर थियो, जसले गर्दा उहाँको बाल्यकाल ममलि घरमा बित्यो। श्रीमानले भारतमा मजदुरी गरेर पठाएको रकमबाट सासु ससुराले परिवारको अभावको पर्वाह नगरी उहाँलाई बि.एड. सम्मको शिक्षा दिलाउनुभयो।
जब उहाँले समाजमा समतामूलक विकासको अभाव देख्नुभयो, तब उहाँ राजनीतिमा प्रवेश गर्नुभयो। उहाँको सोचमा महिला सशक्त हुनुपर्छ र आफ्नो अधिकारका लागि कर्तव्य पूरा गर्न जान्नुपर्छ। यसै उद्देश्यले उहाँले सिगास गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसको थालनी गर्नुभयो र महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउन नीतिगत तहमा काम सुरु गर्नुभयो।
महिला जनप्रतिनिधिहरूका हकअधिकारहरू कागजमा मात्र सीमित रहेको कुरा उहाँले महसुस गर्नुभयो। अध्यक्ष र अन्य कर्मचारीहरूको असहयोगले गर्दा जनताको चाहनाअनुसारका कामहरू गर्न कठिनाइ भएकोमा उहाँलाई खेद छ। तथापि, उहाँले दलित महिलाहरूलाई उद्यम दर्ता गराउन र सामाजिक विकास मन्त्रालयको सहयोगमा महिलाहरूलाई उद्यम व्यवसाय सञ्चालन गर्न सफल हुनुभएको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>3टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।