सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalदिवा कुमारी तिलिजा पुनको जन्म मध्यम वर्गीय कृषक परिवारमा भएको हो। प्रगतिशील विचारधाराका आमा-बुबाबाट प्रभावित हुँदै, उहाँले बाल्यकालदेखि नै निमुखा र गरिबहरूको पक्षमा सहानुभूति र सहयोगको भावना विकास गर्नुभयो। २०४२ सालमा एक क्रुर घटनाले उहाँको जीवनलाई अझ परिवर्तन गर्यो। गाउँकी एक आमाहरुलाई भएको अन्यायविरुद्ध प्रहरीलाई उजुरी गर्दा, प्रहरीले नै उजुरीकर्तामाथि गोली प्रहार गरेको घटनाले उहाँको मनमा विद्रोहको बीउ रोप्यो, जसको परिणामस्वरूप आज उहाँ गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।
उपाध्यक्षका रूपमा, उहाँले पालिकालाई बालमैत्री बनाउने नीति, महिलाहरूलाई उत्प्रेरित गर्ने कार्यक्रम, र महिला कर्मचारी, शिक्षिका, स्वास्थ्य स्वयंसेविका, कृषक तथा उद्यमीहरूलाई सम्मान गर्ने कामहरू गर्दै आउनुभएको छ। साथै, महिला तथा बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि सुनौला हजार दिनका आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्नुभएको छ। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयहरूमा जंक फुड निषेध र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि अभिभावकहरूलाई तालिमसमेत दिनुभएको छ।
जनप्रतिनिधि बन्नु अगाडि, उहाँ सामुदायिक विद्यालयमा शिक्षिका र गैर-सरकारी संस्थामा कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>18 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।