फुल कुमारी सिंह

फुल कुमारी सिंह

पद - उपाध्यक्ष

स्थानीय तह - बटेश्वर गाउँपालिका, धनुषा, मधेश


राष्ट्रिय एकता, समृद्धि र समाज सेवाका लागि राजनीतिमा संलग्न रहेर कार्य गरिरहनु भएको छ। उहाँ जनमानसमा बढ्दो राजनीति माथिको अविश्वासलाई चिर्दै, समृद्ध समाज निर्माणको प्रयासमा सक्रिय रूपमा लागिरहनुभएको छ। मधेशी समुदायमा महिला भएर राजनीति गर्नु फलामको चिउरा चपाएजस्तै भए पनि उहाँले यो चुनौतीलाई सहज रूपमा स्वीकार गर्नुभएको छ। घुँघटभित्रबाट देखेको समानतामूलक समाजको सपना पूरा गर्न महिलाहरूलाई अगाडि आउनुपर्ने उहाँको धारणा रहेको छ।

यही विचारले प्रेरित भएर, उहाँले महिलाहरूलाई चुरा बनाउने सीपमूलक तालिम, किशोरीहरूलाई आत्मरक्षा तालिम, आर्थिक रूपमा विपन्न नागरिकहरूलाई निःशुल्क बिजुली मिटर, लक्षित वर्गका लागि क्षमता विकास, र रोजगारी खोज्ने युवाहरूलाई तालिम दिने विशेष कार्यक्रमहरू सञ्चालन गरिरहनुभएको छ। पालिकाभित्र बालविवाह नगर्ने परिवारलाई पोषण भत्ताको नीति कार्यान्वयन गरी बालविवाहमुक्त समाज निर्माणमा गर्नु भएको छ ।

साथै, कृषि सिँचाइका लागि इनारको व्यवस्था र खानेपानीका लागि हेडपाइप स्थापना गरेर गाउँको विकासमा सक्रिय योगदान दिँदै आइरहनु भएको छ। जनप्रतिनिधि हुनुअघि उहाँ सामाजिक संस्थामा सक्रिय भएकाले उहाँलाई समाजको वास्तविकता बुझ्न मद्दत गरेको छ।

उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई  यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ 

उहालाई भोट गर्न :

आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।

अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>12 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।