मञ्जु कुमारी शर्मा (पाण्डे)

मञ्जु कुमारी शर्मा (पाण्डे)

पद - उपाध्यक्ष

स्थानीय तह - महाबु गाउँपालिका, दैलेख, कर्णाली प्रदेश


मञ्जु कुमारी शर्मा (पाण्डे)को जन्म कृषक परिवार भएको हो ।२०६७ सालदेखि २०७३ सालसम्म सामाजिक परिचालनको रूपमा काम गरेर ग्रामिण भेगका महिलाहरूसँग न्यायको पहुँच पुर्याउने लक्ष्यमा समर्पित हुनुभयो । यद्यपि योग्यता भएपनि पुरातन सोचले प्रमुख पदमा अवसर नमिलेको अनुभव उहाँ बताउनु हुन्छ ।

गाउँपालिका अध्यक्षको निधन पछि  कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आइरहनु भएको छ । नागरिकहरूको इच्छाअनुसार पूर्वाधार सडक निर्माण, विद्युत् लाइन विस्तार, स्वास्थ्य र शिक्षामा गुणस्तरीय सेवा प्रवाह, कृषि प्याकेज कार्यक्रम, उद्यम र व्यावसायिक मुलक कार्यक्रमहरू सञ्चालन गर्न अवसर प्राप्त भएको बताउनु भएकोछ। व्यवहार परिवर्तन र महिला सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम,  एकल महिला र द्वन्द्वपीडित महिलाहरूलाई सुरक्षित आवास प्रदान गर्ने कार्यक्रम  टपरी, ढाका बुनाइ, र होजियारी जस्ता विभिन्न व्यवसायिक कार्यक्रमहरु साथै, महिला प्रतिभा खोजी कार्यक्रम र लैङ्गिक उत्तरदायी तथा घरेलु हिंसा सम्बन्धी कार्यक्रमहरूमा समेत संलग्न भै काम गरीरहेको बताउनु हुन्छ ।

हालको कार्यवाहक जिम्मेवारीले धेरै कुरा सिकाएको छ ।

उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई  यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ 

उहालाई भोट गर्न :

आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।

अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>26 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।