सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalरेगिना भट्टराई (प्रसाईं)को परिवार खेती किसानीमा निर्भर थियो । हजुरबुबा राजनीतिज्ञ हुनुहुन्थ्यो, समाजमा शोषण , दमन, र पीडामा परेका मानिसहरूलाई सहजीकरण गरेर सहयोग गर्नुहुन्थ्यो। आफ्नो लागी राजनीतिको लक्ष्य उहाँको प्रेरणाले बनेको बताउनु हुन्छ ।
उहाँ सामाजिक काम संगै व्यवसायमा संलग्न हुदैँ, २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखको पदमा उपविजेता हुदै २०७९ मा निर्वाचित हुनु भयो। उहाँ हाल पीएचडी विद्यार्थी रूपमा अध्ययनरत हुनुहुन्छ ।
उहाँको कार्यकालमा आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याब स्थापना, दमकका प्रजनन उमेर समूहका सबै महिलाहरुलाई निशुल्क सेनिटरी प्याड वितरण, वडा नं. १० का ३४ घरपरिवारलाई धनीपूर्जा वितरण, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र (क) वर्गको अपाङ्गता भएका नगरवासीलाई घरघरमा गएर स्वास्थ्य विशेषज्ञ सेवा र प्रत्येक ३ महिनामा स्वास्थ्य सहायता सामग्रीहरू प्रदान गर्ने व्यवस्था गरिएको छ । प्रत्येक वडामा महिलाहरूको पाठेघर र स्तन क्यान्सरको निशुल्क परीक्षण शिविर सम्पन्न गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा कक्षा – ५ सम्म निशुल्क शिक्षा ,पर्याप्त बजेटको व्यवस्था, ५,०४० परिवारलाई जग्गाको निस्सा प्रदान र रतुवा र मावा खोलाको १९ ठाउँमा १२ किमि क्षेत्रमा तटबन्धको काम भइरहेको र अधिकांश काम सम्पन्न भइसकेको छ ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>23 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।