सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalरीता देवकोटा आफ्नो अघिल्लो कार्यकालको अनुभवलाई प्रयोग गरेर यस कार्यकालमा प्रभावकारी कार्य सम्पादन गर्दै हुनुहुन्छ। राजनीतिक परिवारमा जन्मनु र परिवारको ठुली छोरी हुनुको कारणले उहाँलाई राजनीति र सामाजिक व्यवस्थाबारे राम्रो ज्ञान प्राप्त भएको छ, जसले समाजमा केही गर्ने उत्प्रेरणा दिएको छ।
उहाँले जनताको आर्थिकस्तर सुधार्नका लागि मौरी पालन, बास निगालोबाट निर्मित सामग्री, माटोबाट बन्ने सामग्री, चुरापोते र बुटीक तालिम जस्ता विभिन्न काम गरिसक्नुभएको छ। न्यायिक समितिको क्षेत्राधिकारलाई घरघरमा पुर्याउन विद्यालय र समुदायमा विवाद समाधान प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउनुभएको छ, जसका कारण समुदायमा विवाद समाधान र न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ। उहाँको नेतृत्वमा उपाध्यक्ष स्वास्थ्य आमा समूह कार्यक्रम र एक घर एक धारा जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्, जसले उत्कृष्ट उपलब्धिहरू प्रस्तुत गरेका छन्।
जनप्रतिनिधि निर्वाचित हुनु अघि सामाजिक संस्था, सहजकर्ताको रुपमा कार्यरत हुनुहन्थ्यो ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>19 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।