सविता अर्याल

सविता अर्याल

पद - उपाध्यक्ष

स्थानीय तह - सिद्धलेक गाउँपालिका, धादिङ, बागमती


सविता अर्यालको जन्म सामान्य मध्यमवर्गीय किसान परिवारमा भएको हो । जनप्रतिनिधि बन्नु अघि, उहाँ शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । उहाँ समाजमा रहेका सामाजिक बिभेद र विशेष गरी महिलाहरूको शिक्षा माथि रहेका कुरीतिहरू विरुद्ध लड्नका निम्ति राजनीतिमा  प्रवेश गर्नुभएको हो । उहाँले शिक्षण, कला, मानव अधिकार, कानूनी अधिकार, र सामाजिक चेतना सम्बन्धी विभिन्न अनुभव साथै तालिमहरू लिनु भएको छ । उहाँको जीवन  सामाजिक सक्रियतामा  नै बितेको छ जसले गर्दा  सामाजिक मनोविज्ञानलाई र सामाजिक व्यवस्थालाई नजिकबाट नियाल्दै यसै अनुभवको आधारमा  जनप्रतिनिधि भए पश्चात सुत्केरी महिला पोषण कार्यक्रमको  सञ्चालन, निशुल्क एम्बुलेन्स सेवा, गरिव र विपन्न महिलाहरूको उपचार खर्चको व्यवस्था, दलित सुत्केरी महिलाहरूलाई भत्ता, महिला उद्यमशिलता परियोजना र महिला समूहहरूको गठन र परिचालन जस्ता कार्यक्रम मार्फत समाज रुपान्तरणमा भूमिका निभाई अघिबढीरहनु भएको छ ।

उहाँले स्तनपान कक्षको स्थापना, कानूनी साक्षरता अभियानको सञ्चालन, महिला शिक्षकहरूको उत्प्रेरणा, र सेनिटरी प्याडको व्यवस्था गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास  गर्दै आउनु भएको छ । बिगतको शिक्षण पेशाको अनुभवले गर्दा उहाँ मानिसलाई आत्म सक्षम बनाउन र शिक्षित बनाउन तर्फ सदैव केन्द्रित हुदै आउनु भएको छ।

उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई  यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ 

उहालाई भोट गर्न :

आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।

अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>13 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।