सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalसावित्रा देवी अर्याल श्रमजीवी र सर्वहारा वर्गको पीडा र अवस्था देखेर राजनीति क्षेत्रमार्फत परिवर्तन गर्न प्रेरित हुनुभएको हो। उहाँको बुझाइमा, समाजका हरेक अङ्ग, यी वर्गको पसिनामा उभिए पनि तिनको जीवन स्तर अझै कारुणिक र दयनीय रहेको छ। यस असमानताको अन्त्य गर्न राजनीति नै सबल माध्यम हो भन्ने मान्यताले उहाँलाई राजनीतिमा प्रवेश गराएको हो।
उहाँले राजनीतिमा प्रवेश गर्नु अघि साधना महिला विद्यालयमा शिक्षिका र रेडियो मुक्तिमा पत्रकारको भूमिकामा रहेर काम गर्नुभएको थियो। यसै क्रममा मानव अधिकारका क्षेत्रमा काम गर्दा प्राप्त अनुभवले उहाँलाई जनतामा सेवा प्रवाह गर्न थप सजिलो भएको छ।
उहाँले न्यायिक र बजार अनुगमनको क्षेत्रमा धेरै चुनौतीहरूको सामना गर्दै विभिन्न सामाजिक तथा आर्थिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहनुभएको छ। जसमध्ये, निशुल्क गर्भवती तथा प्रयोगशाला सेवा, ४२ दिन भित्रका सुत्केरी महिलाहरुलाई सतावरी चुर्ण वितरण, र सुरक्षित मातृत्व जस्ता कार्यक्रम प्रमुख रहेका छन। साथै, जुत्ता-चप्पल बनाउने तालिम, थाकलको झोला बनाउने, टपरी गास्ने, कुशन बनाउने, बेकरी उद्योगको तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै महिला स्वरोजगारलाई प्रवर्धन गर्दै आइरहनुभएको छ। उहाँले गृहिणी महिला स्वरोजगार कार्यक्रम, उप-प्रमुख महिला उद्यमशीलता कार्यक्रम, र कोसेली घर तथा बिक्री केन्द्रको स्थापना गर्दै उद्यमशीलता विकास र व्यवसाय प्रवर्धनमा सहजीकरण गरिरहनुभएको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>9 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।