सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalसनसिल्ता वली डि.सी को जन्म मध्यम वर्गीय परिवारमा भएको हो। जनप्रतिनिधि हुनु अघि, शिक्षण पेशामा संलग्न भै, जनताको पक्षमा वकालत गर्दै, बालबालिका, युवा, वृद्ध, र असहायहरूको सम्मान गर्दै सामाजिक सेवामा योगदान दिन चाहने इच्छा पहिले देखि नै थियो साथै समतामुलक र सबैमा खुशी छाएको समाज हेर्ने इच्छा राजनितिक सुधार वाट मात्र सम्भव हुने बुझाई सहित राजनीतिमा प्रवेश गरेको बताउनु हुन्छ । वि.स. २०७४ मा उपाध्यक्ष पदमा निर्वाचित भै महिला हुनुको कारण वि.स. २०७९ मा अध्यक्षको माग गर्दा पनि पुनः उपाध्यक्षमा सीमित हुनुपरेको दुखेसो बताउनु हुन्छ ।
यो समयका बावजुद पनि वार्षिक स्वीकृत योजनाहरूको अनुगमन, किशोरीसँग उपाध्यक्ष कार्यक्रम, न्यायमा जनताको पहुँच कार्यक्रम, र सुनौला हजार दिनका आमाहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु भएको थियो । साथै, अपाङ्ग र जेष्ठ नागरिकका लागि परिचय पत्र वितरण शिविर सञ्चालन गरी विविध कामकाज सम्पन्न गर्नु भएको छ ।
उहाँको कार्यकालमा महिलाहरूलाई सिप प्रदान गर्ने कार्यक्रमहरू जस्तै सिलाई कटाई तालिम, ब्युटी पार्ला तालिम, गुडिया तालिम, मुढा तालिम आदि कार्यक्रम सम्पन्न भएका छन् ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>24 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।