सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalसरस्वती दर्लामी चिदी ग्रामीण पृष्ठभूमिमा हुर्किनु भएको हो। विद्यार्थी जीवनमा विद्यार्थी संगठनमा आवद्ध भएपनि विवाहपछि राजनीतिमा संलग्नता कम भयो, तर सामाजिक संस्थामा सक्रिय रही १३ वर्ष जनसहारा कृषि बहुउद्देश्यीय सहकारीमा काम गरि, महिला स्वास्थ्य स्वयंसेविका हुदै वडा नागरिक मञ्चको संयोजकको भूमिका निर्वाह गर्दै उहाँले जनताको आवश्यकतानुसार नजिकबाट अनुभव गरेको हुनुहुन्छ । राजनीतिक यात्रामा, उपाध्यक्षको रूपमा पाँच वर्ष सेवा गरेपछि, बगनासकाली गाउँपालिकाको अध्यक्ष पदमा उहाँ निर्वाचित हुनुभएको हो । उहाँको लक्ष्य सुशासन, भ्रष्टाचारमुक्त सेवा प्रवाह र समग्र गाउँपालिकाको दिगो विकास हो।
स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षा, र पूर्वाधार विकास उहाँका प्राथमिक लक्ष्य हुन । विशेषगरी महिलाहरूको सशक्तिकरण र स्वास्थ्यलाई ध्यानमा राख्दै, प्रजनन स्वास्थ्य कार्यक्रम, पोषण शिक्षा, सुत्केरी भत्ता, र निशुल्क औषधि वितरणका कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। महिलाहरूको नेतृत्वमा दुना टपरी, मौरीपालन, र कृषि उत्पादनजस्ता व्यवसायलाई प्रवर्धन गर्दै, आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँदै आउनु भएको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>4टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।