सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalसरिता खड्का कृषि आधारित सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मनुभएको हो।विद्यार्थी कालदेखि नै विभिन्न क्लब र गाउँमा रहेका सामाजिक संघसंस्थामा संलग्न भई सामाजिक कार्य गर्दा उहाँको समाजसेवाप्रति झनै आकर्षण बढ्यो। सत्य र तथ्यमा आधारित समस्याहरूको समाधान नभई पितृसत्तात्मक सोचका कारण समाजमा भइरहेको विभेदपूर्ण निर्णयहरूको अन्त्य सामाजिक कार्यबाट मात्र सम्भव छैन भन्ने आत्मबोधले उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो।
उहाँले जनप्रतिनिधि भएपश्चात् आफ्ना योजनाहरूलाई मूर्तरूप दिन थुप्रै कार्यहरू अघि बढाउनुभएको छ। छोरी र बुहारीहरूका लागि स्नातक तहसम्मको निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम मार्फत विशेष शैक्षिक राहत प्रदान गरिएको छ ताकि गरिबीका कारण बीचमै विद्यालय छाड्न नपरोस्। साथै, किशोरीमैत्री विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ।
जनप्रतिनिधि हुनु अघि शिक्षण पेशामा आबद्ध सरिता खडका आज पनि समाजमा रहेको पितृसत्तात्मक सोचसँग लड्न, चक र डस्टरको सट्टा, राजनीतिक पद बोकेर त्यही शिक्षिका भएको महसुस गर्नुहुन्छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>8 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।