सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalजनप्रतिनिधि बन्नु अघि सीता गिरी शिक्षिका हुनुहुन्थ्यो। समाजमा रहेको अन्धविश्वास र कुरीतिलाई शिक्षा र ज्ञानको माध्यमबाट मेटाउन सकिन्छ भन्ने उद्देश्यले उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो। अहिले, पालिकामा एक अभिभावकीय भूमिका निर्वाह गर्दै निष्पक्ष काम गर्दा उहाँलाई जनसमर्थन अझै बढेको अनुभूति भएको छ।
उहाँले थुप्रै महिला केन्द्रित कार्यक्रमहरूको सुरुवात र व्यवस्थापन गर्नुभएको छ, जसमा महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोष, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात सुविधा, सुत्केरी प्रोत्साहन भत्ता, र गर्भवती पोषण सामाग्री वितरण लगायतका योजनाहरू समावेश छन्। यससँगै, आमा समूहका सदस्यहरू र महिलाहरूलाई स्वास्थ्य सम्बन्धी सशक्तिकरण कार्यक्रम पनि आयोजना गरिएको छ। विद्यालय र स्वास्थ्य संस्थामा सेनेटरी प्याड वितरण गरिएको छ।
उद्यमशीलता बढाउन, सिलाई कटाई तालिम, चुरा पोते बनाउने तालिम, मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री निर्माण कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइएको छ। साथै, महिलाहरूलाई पञ्चेबाजा तालिम समेत प्रदान गरिएको छ, जसले गर्दा महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणमा टेवा पुर्याउन सकेको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>7 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।