सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalसीता रोकाया (थापा)को जन्म गरिब परिवारमा ७ सन्तानमध्ये कान्छी छोरीको रूपमा भएको हो। उहाँले सानै उमेरमा आफ्नो बुबालाई गुमाउनु परेको थियो। त्यो समयमा समाजमा छोरीले पढ्नु हुँदैन, बरु घरधन्दा सम्हाल्न सिक्नुपर्छ भन्ने झुटो आदर्शले जरा गाडेको थियो। तर, उहाँका दाइहरूले समाजको त्यो गलत धारणा तोड्दै उहाँलाई पढ्न प्रेरित गर्नुभयो, जसले उहाँमा चेतनाको झिल्को बल्यो। महिलाहरूले नेतृत्वमा आफ्नो बलियो उपस्थिति जनाउन सक्छन् भन्ने विश्वासले उहाँलाई राजनीतिमा प्रवेश गरायो।
गौमुलको भौगोलिक विकटता, जनताको असिमित चाहना, र सीमित स्रोतसाधनका बीच पनि उहाँले ४ जना गम्भीर विरामीहरूको शल्यक्रिया सफलतापूर्वक गराएर उनीहरूलाई नयाँ जीवन दिनुभयो। प्रत्येक परिवारका सदस्यहरूको स्वास्थ्य परीक्षण निशुल्क गराई विभिन्न रोगहरूको पहिचान गर्न सफल हुनुभयो। साथै, महिलाहरूले भन्न नसकेर लुकाएका रोगहरू स्वास्थ्य शिविरमार्फत पहिचान गरी उपचार प्रक्रियाको थालनी गराउनुभयो। सामूहिक बेसार खेतीलाई एउटा नमुना व्यवसायको रूपमा स्थापित गर्नुभएको छ भने, समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वासको न्यूनिकरण गर्न बहुआयामिक जनचेतनाका कार्यक्रमहरू सम्पन्न गर्नुभएको छ।
उहाँलाई विश्वास छ कि साधन र स्रोतको थप उपलब्धता भएमा अझ धेरै गर्न सकिन्छ, तर अहिलेसम्म गर्नुभएको कामले पनि उहाँको मनमा सन्तोषको अनुभूति दिलाएको छ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>2टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।