“शी लिड्स फेलो”

“शी लिड्स फेलो”

“शी लिड्स फेलो” अर्थात् युवा र महिला जनप्रतिनिधि बीचको सिकाई र सघाइ कार्यक्रम हो ।  स्थानीय तहका युवाहरुले नीति र न्याय, उद्यमशिलता, सशक्तीकरण, जवाफदेहिता र महिला स्वास्थ्यका नीति  तथा कार्यक्रमलाई  नजिक बाट सिकाई अनुभव गर्दै नीति र न्याय, उद्यमशिलता, सशक्तीकरण, जवाफदेहिता र महिला स्वास्थ्यका क्षेत्रमा स्थनीय तहलाई स्वयंसेवा गर्ने १ बर्षको अवधिको  सिकाई र सघाइको अभियान हो ।

“शी लिड्स फेलो” को काम र कर्तव्य :

  • शी लिड्स आइकनका प्रेरणादायी र सम्मान योग्य कार्यलाई विश्व सामु चिनाउन मदत गर्ने ।
  • आफ्नो स्थानीय तहमा भएको कामलाई शी लिड्स पुस्तकमा सङ्ग्रह गर्न भूमिका निर्वाह गर्ने  ।
  • स्थानीय तहमा नीति र न्याय, उद्यमशिलता, सशक्तीकरण, जवाफदेहिता र महिला स्वास्थ्यका नीति  तथा कार्यक्रमलाई  मूल्याकंन गर्दै सिकाईको उपलब्धिलाई महिला सशक्तीकरणको क्षेत्रमा स्वयंसेवी भूमिका निर्वाह गर्ने ।
  • शी लिड्स आइकन कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने ।

उपलब्धि :

  • कार्य अनुभवको प्रमाणपत्र द्वारा सम्मानित गरिनेछ ।
  • स्थानीय तहका काम र कर्तव्यलाई नजिकबाट अनुभव गर्न मौका  मिल्नेछ ।
  • राष्ट्रसेवकको भावना जागृत हुनेछ र आम जनमानसमा उर्जा भर्न सक्नु हुनेछ ।
  • कल्प इम्पावर वेमेन नेपालका अन्य कार्यक्रममा सहभागी हुन पाउनु हुनेछ ।
  • स्थानीय तहका समस्यालाई बुझ्दै विकल्प बनेर उदाउने अवसर पाउनु हुनेछ ।
  • युवा समुहको नेटवर्क आफैमा अवसर बन्न सक्छ ।
  • उत्कृष्ट फेलोलाई शी लिड्स आइकनको सम्मान कार्यक्रमा सम्मान गरिनेछ ।

कसरी बन्ने “शी लिड्स फेलो”

  • शी लिड्सको वेवसाइट (www.sheleadsicon.org ) सोसियल मिडियामा गएर “शी लिड्स फेलो” को फारम भर्न ।
  • फारममा स्पष्ट रुपमा प्रदेश र स्थानीय तह उल्लेख गर्नु पर्ने छ ।
  • फोटो पठाउदा आफ्नो अफिसियल तस्विर अपलोड गर्नु पर्ने छ ।